पिकनिकको लागि जाँदै गरेको मदन भण्डारी मेमोरियल कलेजको बस घ्याम्पेडाँडामा दुर्घटना

भक्तपुर,
मंसिर २७ ।

पिकनिकको लागि जाँदै गरेको मदन भण्डारी मेमोरियल कलेजको बस घ्याम्पेडाँडामा दुर्घटना भएको छ । शुक्रबार बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका ८ घ्याम्पेडाँडा बनभोजका लागि गएको रिद्दिसिद्दी यातायातको बा ५ ख ४२८६ नम्बरको बस ब्रेक फेल भइ दुर्घटना भएको हो ।

बस सडकमै पल्टेको महानगरीय प्रहरी वृत जगातीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना गम्भीर छन् भने, अन्य २० जनाको अवस्था सामान्य छ । दुर्घटनाका घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि गएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार