काठमाडौं,
मंसिर ११ ।
मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने भएका छन् । मंगलबार राति अबेर सम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकबीच भएको छलफलमा अतिरिक्त शुल्क समायोेजन गर्ने सहमति भएको हो ।
बिभिन्न ५ बुँदामा सहमति गरेका मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने प्रकृया बुधबारदेखि नै थाल्नेछन् ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, शिक्षा सचिव महेश दाहाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकूलपति धर्मकान्त बाँस्कोटा र निजी मेडिकल कलेज सञ्चालकहरुको सहभागिता थियो ।






