काठमाडौं,
मंसिर ६ ।
भैरव स्मृति सम्मान- गर्दै आएको यो सम्मान यस वर्ष माणिकरत्न शाक्यलाई प्रदान गर्न लागिएको हो । पुरस्कार निर्माणक समितिको बैठकले शाक्यलाई हास्यव्याङ्ग्य साहित्य लेखन, सङ्कलन, सम्पादन, प्रचारप्रसार र प्रवद्र्धनमा लामो समयदेखि क्रियाशिल रहेको भन्दै सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
भोली मंसिर ७ गते शनिबार हेटौंडामा आयोजना हुने विशेष साहित्यिक कार्यक्रममा शाक्यलाई सम्मानपत्र र नगद २१ हजारसहित सम्मान गरिदै छ ।
साहित्य संगम र हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको पुष्पलाल स्मृति पुस्तकालय प्राङ्गणमा स्थापना गरिएको भैरव अर्यालयको प्रतिमा स्थलमा कार्यक्रमको आयोजना हुने संगमका अध्यक्ष निमेष निखिलले जानकारी दिए ।
यसअघि यो सम्मानबाट ९ जना हास्यक्षेत्रमा क्रियाशिल साहित्यकार सम्मानित भइसकेका छन् । सम्मान स्थापना भएको वर्ष २०६५ मा पोखराका चुडामणि खनाल, २०६६ मा स्याङजाकी गायत्री परिरोशनी, २०६७ मा झापाका चुडामणि रेग्मी, २०६८ मा काठमाडौंका नरनाथ लुईंटेल, २०६९ मा काठमाडौंका चट्याङ मास्टर र २०७० मा बासुदेव गुरागाईं ( पिँडालु पण्डित)लाई प्रदान गरिएको थियो ।
यसैगरी २०७१ मा सम्मानको राशी भूकम्पबाट प्रभावित साहित्यकारलाई प्रदान गरिएको थियो । २०७२ मा मनोज गजुरेल, २०७३ मा सिताराम कट्टेल (धुर्मुस), २०७४ मा मकवानपुरका राजकुमार लामिछानेलाई प्रदान गरिएको थियो ।






