दुवईमा ‘माया आफैँ हुन्छ भन्थे…’ भन्दै विनोद र लक्ष्मी

काठमाडौं,
असोज ३० ।

पछिल्लो समय नेपाली गीत सङ्गीतको विस्तारसँगै गीतको भिडियोको छायाँकन देशका विभिन्न स्थानका साथै विदेशमा पनि हुन थालेका छन् । यसै मेसेमा दुवईका विभिन्न स्थानमा ‘माया आफैँ हुन्छ भन्थे…’ छायाँकन भएको छ ।

गीतको भिडियोमा नायक/मोडल विनोद श्रेष्ठ र लक्ष्मी शर्माले अनस्क्रिन रोमान्स गरेका छन् । भारतीय निर्देशक लक्सले निर्देशन तथा कोरियोग्राफ गरेको यो गीतको भिडियो उत्कृष्ट बनेको विनोदले बताए । ‘गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनाउँन सबैको मिहिनेत लागेको छ’, उनले भने ।

दिनेश गौतमको स्वर रहेको गीतलाई राम भट्टराईले लेखेका हुन् भने सङ्गीत बसन्त सापकोटाको रहेको छ । गीतको भिडियो चाडै नै दर्शकमाझ ल्याउने निर्माण पक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार