काठमाडौं,
साउन २३ ।
लोकप्रिय गायिका सत्यकला राई दुई महिने साङ्गीतिक कार्यक्रमको सिलसिलामा यतिबेला अमेरिका भ्रमणमा रहेकी छिन् । बिभिन्न स्टेटमा आफ्नो प्रस्तुति दिने क्रममा हाम्रो आवाज अनलाईन टि.भि.को प्रस्तुति नमस्ते कोलोराडो साङ्गीतिक साँझ हालै भब्य रुपमा सम्पन भएको छ ।
कोलोराडोका बिभिन्न संघ संस्थाको प्रतिनिधिदेखि पन्ध्रौ पटक सगरमाथा आरोही छिरिङ दोर्जी शेर्पा र नावाङ वाङ्छु शेर्पाको उपस्तिथि रहेको उक्त कार्यक्रमलाई उपस्थित व्यक्तित्वहरुले बडो मनोरञ्जनको रुपमा लिएको आयोजकको भनाई छ ।
उक्त अवसरमा प्राज्ञ एवम् लोकप्रिय गायिका सत्यकला राईले ‘तिमीलाई हंकङ पुर्यायो……..’ गाउँदा सबै आ-आफ्नो सिटबाट उठेर ताली बजाउँदै नाचेका थिए । दुई घण्टाको साङ्गीतिक कार्यक्रममा प्राज्ञ सत्यकला राई, लोकप्रिय गायक बसन्त लम्साल, महेश बुढाथोकी, दिनेश कार्कीको बेजोड प्रस्तुतिको साथमा एस.बि.के.डि. ग्रुरुप डान्सरको भाई, बहिनीहरुको नृत्यले कार्यक्रमलाई थप मनोरञ्जनात्मक तुल्याएको थियो ।






