गरुडा नगरपालिका वडा २ मा राहत वितरण

प्रमोद सहनी
रौतहट
साउन ११ ।

गरुडा नगरपालिका वडा नं २ अवस्थित गेडही गुठीमा नेपाल भारत मैत्री समाज को संयोजनमा यस वडाका वडा अध्यक्ष श्री बिशुन्देव सहनी द्वारा राहत वितरण गरिएको छ ।

विगत लामो समयदेखि अविरल वर्षाका कारण गेडही गुठीमा अनुगमन गर्दा गेडही गुठीका व्यक्तिहरुलाई ठूलै क्षति भएको हुनाले गेडही गुठीका वडा अध्यक्ष श्री बिशुन्देब सहनी सो वडाका वडा सदस्य दिनेश ठाकुर साथै गेडही गुठीको श्री मा. वि. स्कूलका व्यबस्थापक समितिका अध्यक्ष श्री हरिलाल सहनी र समाज सेवी नेता रामवीर सहनी, राष्ट्रीय कलाकार गायक रञ्जित कुमार सहनी र हिन्दू सांस्कृतिक परिषद् रौतहट जिल्ला अध्यक्ष र कलाकार गायक प्रमोद पिया समेतको उपस्थित थियो ।

यसमा तपाइको मत

अन्य समाचार