‘मातृभूमि’ लिएर आए अशोक

काठमाडौं,
असार २४ ।

गीतकार अशोककुमार तामाङको आधुनिक गीति एल्वम ‘मातृभूमि’ सार्वजनिक भएको छ । राष्ट्रिय नाचघरमा आयोजना भएको मिस एण्ड मिसेस जनजाती आदिवासीको ग्राण्ड फिनालेको अवसर उक्त गीतिसङ्ग्रह विमोचन गरिएको हो ।

पूर्वसभामुख ओनसरी घर्तिमगर, वरिष्ठ नायक सरोज खनाल, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका तथा समाजसेवी शान्ता तामाङ तथा गीतकार अशोककुमार तामाङलगायतले  विमोचन एल्वम गरेका थिए ।

एल्वममा ‘हजार गल्ती…’, ‘हाम्रो माया…’, ‘विदेशमा छु…’, ‘एक अञ्जुली…’ जस्ता ६ वटा गीत समावेस गरिएको छ जसमा अञ्जु पन्त, मेलिना राई, बुद्ध लामा र सूर्य दयालुको स्वर रहेको छ ।

फरक फरक स्वादमा गीत समावेश भएको एल्वमलाई अरोमा इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । एल्वमका गीतमा सूर्य दयालुको सङ्गीत रहेको छ भने रिकेश गुरुङको एरेञ्ज रहेको छ ।

एल्वममा समावेश गीतमध्ये अञ्जु पन्तको स्वर रहेको ‘हजार गल्ती तिम्रा…’ गतिको भिडियो बजारमा सार्वजनिक भइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार