काठमाडौं,
असार २१ ।
डा. डीआर उपाध्यायको नयाँ गीत ‘सँगै ज्युने सँगै मर्ने…’ सार्वजनिक भएको छ । उपाध्यायको शब्द, सिडी विजय अधिकारीको स्वर तथा बुलु मुकारुङको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोलाई डीआर म्युजिक एण्ड क्रिएशनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

अनिलले निर्देशन गरेको गीतको भिडियोमा गणेश, हेमा, केडी र बालकलाकार अक्षेता र प्रिन्सलाई फिचर्ड गरिएको छ । मरभूमी नारायणले छायाँकन गरेको गीतको भिडियोलाई ललित सिं साउदले सम्पादन गरेका छन् ।
‘हिरो २०१९’बाट सम्मानित गीतकार डा। डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

केही दिन पहिला गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा डा. डीआर उपाध्यायलाई वर्ष ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको थियो । गीतकार सङ्घ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो बर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर…’ गीतबाट उनलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । यो गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र मनोज राजको स्वर रहेको छ ।






