बझाङ जीप दुर्घटना: १० जनाको मृत्यु (अपडेट)

बझाङ,
असार ३ ।

बझाङ जीप दुर्घटना हुँदा एकै परिवारका ३ सहित १० जनाको मृत्यु भएको छ । सोमबार जिल्लाको मष्टा गाउँपालिकामा जीप दुर्घटना परी एकै परिवारका ३ जनाको ज्यान गएको हो । मष्टा गाउँपालिका १ कोटदेवल गाउँका मात्र ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जिप मष्टा गाउँपालिका १ डौठीमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा मष्टा गाउँपालिका १ का ४२ वर्षीय कलकबहादुर खड्का, उनका १७ वर्षीय छोरा सुनिल खड्का र उनकी श्रीमती वर्ष ३८ की जुनधारा खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो ।

यसैगरी सोही वडाका २३ वर्षीय हिक्मत खड्का, ४९ वर्षीया धौली खड्का, ६५ वर्षीया जुना खड्का, ९ वर्षीया विपना खड्काको मृत्यु भएको छ । यसैगरी ३० वर्षीय भक्त द्वाल, २७ वर्षीया लक्ष्मी द्वाल र सोही वडाका २३ वर्षीय चालक सुरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते हुनेमा मष्टा गाउँपालिका १ का वर्ष १४ की संगीता खड्का, वर्ष २८ का गोकुल शाही वर्ष २८ का जनक द्वाल, वर्ष २८ की अनिता द्वाल र वर्ष १० का गणेश खड्का रहेका छन् ।

घाईतेहरुको उद्धारका लागि सिम्रिक एयरको हेलिकोप्टर घटनास्थलमा पुगेको थियो । गम्भिर घाइते भएका तीन जनालाई उपचारका लागि सो हेलिकोप्टरमा नेपालगञ्ज लगिएको छ भने अन्य दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ

यसमा तपाइको मत

अन्य समाचार