काठमाडौं,
वैशाख २३ ।
इन्दिरा भट्टराईको स्वरमा रहेको गीत ‘तिमी हाँस्दा हासौँला’ सार्वजनिक भएको छ । सुवास खनालको शब्द, लालबहादुर सुब्बाको सङ्गीत र सविन लिम्बूको सङ्गीत संयोजन र इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दीपक जोशीले निर्देशन गरेको गीतको भिडियोमा दीपक र करिना श्रेष्ठ फिर्चड छन् । महेश महराले छायाँकन गरेको भिडियोलाई दीपकले नै सम्पादन गरेका छन् ।
डेढ दशक अघि देउडा भाकाका गीतबाट नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका भट्टराईका धेरै गीत स्रोता/दर्शकको रोजाइमा परेका छन् ।






