काठमाडौं,
मंसिर १६ ।
सङ्गीतकार दीपक शर्माको बहुचर्चित गीत पिरिम नलाउने पनि करोड क्लबमा प्रवेश गरेको छ । बहुचर्चित गीत पिरिम नलाउनेको भिडियो एक करोड बढी दर्शकले हेरेका छन् ।
दीपक शर्माकै शब्द रहेको लोक लयमा आधारित यो गीतले ५१ दिनमा १ करोड बढी दर्शक पाएको हो । मेलिना राई र अशिष गौतमको स्वर रहेको पिरिम नलाउनले युट्युबमा १ करोड बढी दर्शकको साथ पाएसँगै यसका गायक तथा मोडल आशिष सचिनले खुशीयाली मनाउँदै केक काटेका छन् ।
राजधानीमा एक कार्यक्रमकाबीच मनाइएको विशेष उत्सबमा पिररिम नलाउनेको टिमका साथै कलाकारहरु तथा सङ्गीत पारखीहरुको उपस्थिती रहेको थियो ।
युट्युबमा मात्रै नभएर टिक टक, म्युजिकल्ली र बाहिरी बजारमा पनि खुबै रुचाइएको यो गीतमा नायिका वर्षा राउत र गायक आशिषको अभिनय रहेको छ । भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । शनिबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा उक्त टिमले पिरिम नलाउने २ को पनि घोषणा गरेका छन् ।






