काठमाडौं,
कार्तिक २७ ।
चलचित्र ‘गोर्खे’को दोस्रो गीत ‘सिन्की अचार…’ सार्वजनिक भएको छ । सार्वजनिक ‘सिन्की अचार’ बोलको गीतमा अञ्जु पन्त र आर.सी. रिमालको स्वर छ । नग्वा फिञ्जु पाख्रिनको शब्द तथा सङ्गीतमा रहेको गीतमा अञ्जली अधिकारी र रविन्द्र प्रताप सेनको नृत्य देख्न सकिन्छ ।
सन्तोष ढकालको निर्देशनमा बनेको चलचित्रलाई तिर्थ कोजु, हरि लामा र हरि थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् । निरज कडेँलको सिनेम्याटोग्राफी रहेको चलचित्रको गीतलाई शिव वि.क.ले कोरियोग्राफी गरेका हुन् ।






