काठमाडौं,
भाद्र १६ ।
गायक बिनय केटुलको नयाँ गीत ‘सारङ्गी रेटौला…’ सार्वजनिक भएको छ । उनले आफ्नो जन्मदिनको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि ‘सारङ्गी रेटौला…’को भिडियो सार्वजनिक गरेका हुन ।
यो गीत उनको एल्बम ‘आरोही २’ मा समाबेश गीत हो । गायक बिनयकै श्रीमती लोईश ठकुरीले निर्माण गरेको यस गीतमा समय खड्को शब्द तथा सङ्गीत, गायक बिनयको सङ्गीत संयोजन र अशोक महर्जनको मिक्सिङ रहेको छ ।
शसान कडेलको निर्देशन रहेको गीतको भिडियोमा एलिशा राई, निराजन प्रधान, अस्विना केसी र बुद्धन थापाको अभिनय रहेको छ । अर्जुन तिवारीको छायाँकन रहेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन ।
https://www.youtube.com/watch?v=PXsivc1Prvw&feature=youtu.be






