मिस ब्युटि क्विन नेपालको उपाधि ज्योतिलाई

काठमाडौं,
श्रावण ३१ ।

मिस ब्युटि क्विन नेपालको उपाधि ज्योति प्रसाईंले हात पारेकी छन् । पाचौं सिजनको मिस ब्युटि क्विन नेपाल २०१८ को ताज ज्योतिको पोल्टामा गएको हो । उनले १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस ब्युटि क्विन नेपाल २०१८ को सौन्दर्य प्रतियोगीताको ताज पहिरिएकी हुन् ।

उनले शिर्ष उपाधिसँगै बेस्ट ट्यालेन्ट पनि जितिन् । यस्तै फस्ट रनरअप, मिस पब्लिक चईस तथा मस्ट स्मार्टको उपाधि जयश्री मल्लले हात पारिन् भने सेकेन्ड रनरअपको उपाधिसँगै बेस्ट पर्सानालिटीको टाईटल बर्षा महर्जनले हात पारिन् । त्यस्तै थर्ड रनरअपको उपाधि सहित बेस्ट हेयरमा मनिषा थापाले जितिन् ।

एमाजोन ईन्टरटेन्मेन्टले मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवम् उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताको अन्य सबटाईटलको बेस्ट स्किनमा सेल्गुइ लिम्बु, मस्ट एक्टिभ रन्जिता बिष्ट, बेस्ट स्माईल तथा मस्ट पपुलर ॠषिका थापा, मस्ट चार्मिङ निशा पौडेल, बेस्ट डिसिप्लिन आरती आले मगर, मस्ट एट्रक्टिभ अस्मिता राइ, बेस्ट फोटोजेनिक पुजा अधिकारी, बेस्ट ड्रेस सेल्गी लिम्बुले उपाधि जितिन ।

विजेताले उपाधिसँगै आर्टिस्ट नेपाल, जाभिरा कस्मेटिक, पायस कस्मेटिक, भिएलसिसी, ट्रान्सिट लेडीको तर्फबाट बिभिन्न गिफ्ट ह्यापर प्राप्त गरे । बिगत छ बर्ष देखी बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको सस्था एमाजोन ईन्टरटेन्मेन्टले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको सञ्चालन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन ।

यसमा तपाइको मत

अन्य समाचार