चितवन,
आषाढ २० ।
टप वान मिडिया प्रा.लि. चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको प्रायोजनमा ‘चितवन प्लस टु अफ द ईयर २०१८’ दोस्रो अडिसन यही असार २३ गते शनिबार हुने भएको छ । पहिलो र दोस्रो अडिसन बाट छानिएका प्रतिस्प्रधीहरुलाइ अनितिम प्रतिस्प्रधामा उतारिने भएको छ । यस सौन्दर्य प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको टप वान मिडिया प्रालिको प्रबन्ध निर्देशक रब्स सापकोटा बताउछन ।
टप वान मिडिया प्रा.लि.ले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले अहिले धमाधम फर्म वितरण भईरहेको छ । प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष माथिका र ं२ अध्यन गर्दै गरेका र ं२ दिएर अथवा पास गरेर बसेका बिध्यार्थीहरुले भाग लिन सक्नेछन । यस प्रतियोगिताको बिजेताले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक रब्स सापकोटाले गराएका छन् ।






