‘कबड्डी ५’को ‘बुझन मलाई’ (भिडियोसहित)

काठमाडौं,
कात्तिक १३ ।

बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतले चलचित्रका मुख्यपात्र काजी (दयाहाङ राई)को भित्री भावना र संवेदनालाई प्रस्तुत गरेको छ ।

बडादशैँको अवसरमा कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले बिहीबार मध्याह्नसम्म घरेलु बजारमा आठ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । रामबाबु गुरुङ निर्देशित यस चलचित्रमा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना गुरुङलगायत कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार