यस्तो छ ‘जलाकी’ को ट्रेलर

ललितपुर,
कात्तिक १४ ।

अशोक थापा मगरको निर्देशन रहेको चलचित्र ‘जलाकी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ललितपुरको लबिम मलमा सार्वजनिक ट्रेलरमा कलेज जीवनको प्रेमकथा र समयको परिवर्तनसँगै पात्रहरूको जीवनमा आउने भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ । ट्रेलर चलचित्रका प्रमुख कलाकारद्वय उपासना सिंह ठकुरी र अभिनेता सोनाम तोप्देनको वरपर घुमेको छ ।

यसअघि चलचित्रका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ गीत र एक टिजर सार्वजनिक भइसकेको छ । ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो ।

चलचित्रमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय छ ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहनुभएको छ । चलचित्र गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार