ललितपुर,
कात्तिक १४ ।
चलचित्र ‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएको छ । एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर, शशी शर्मा मजगैैँयाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा एक युवतीले घरजम गर्नका लागि एक उपयुक्त युवक मागेको देखाइएको छ ।
गीतको भिडियोमा इभा गिरीको नृत्य छ भने उहाँलाई हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले साथ दिनुभएको छ । यही कात्तिक २० गतेबाट प्रदर्शन हुने चलचित्रमा बसन्त निरौलाको निर्देशन छ । चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी लगायतका कलाकारको अभिनय छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय छ । चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुनुहुन्छ भने निर्मातामा काली रानी श्रेष्ठ रहनुभएको छ ।







