काठमाडौं,
असोज २२ ।
सिरहाका युवा नेता प्रविण दासले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा बुधबार मनोनयन दर्ता गर्नुभएको छ । उहाँले ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट मधेश प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो ।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका दासले त्रिचन्द्र कलेजको नेविसंघ इकाइ उपाध्यक्षहुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
विद्यार्थी जीवनदेखि नै विभिन्न लोकतान्त्रिक आन्दोलन तथा राजनीतिक संघर्षमा सक्रिय रहँदै आउनुभएका दास लामो समयदेखि संगठन निर्माण र युवालाई राजनीतिमा जोड्ने अभियानमा समेत सक्रिय हुनुहुन्छ ।
त्रिचन्द्र कलेजबाट सुरु भएको विद्यार्थी राजनीतिको यात्रा, संघर्ष र संगठनात्मक अनुभवलाई अब मधेश प्रदेशका ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व गर्दै कांग्रेसको केन्द्रीय तहसम्म पुर्याउने उद्देश्यसहित दासले आफ्नो उम्मेदवारी अघि सारेको बताउनुभयो ।






