‘आ बाट आमा २’को ‘अचेल किन कान्छी’ (भिडियोसहित)

काठमाडौं,
असोज १४ ।

यही असोज ३० गतेबाट प्रदर्शन हुने चलचित्र ‘आ बाट आमा २’को गीत ‘अचेल किन कान्छी’ सार्वजनिक भएको छ । बाबुल गिरीको शब्द र संगीत रहेको गीतमा रवि ओड र गंगा सोनामको स्वर छ ।

सामूहिक विवाहको पृष्ठभूमिमा तयार पारिएको डान्सिङ बीटको गीतमा पल शाह, मलिका महत र आकाश श्रेष्ठको अभिनय छ । दर्जनौं म्युजिक भिडियोमा सहकार्य गर्नुभएका पल र मलिकाले पहिलोपटक यो चलचित्रमा अनस्क्रिन रोमान्स गर्दैहुनुहुन्छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ । गीतमा शंकर सिङ ठकुरी, प्रेम राई अञ्जना खतिवडा, सुस्मिता दाहाल सामूहिक स्वर छ ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको यस चलचित्रमा पल शाह, मलिका महत, बिपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडा लगायतका कलाकारको अभिनय छ ।

यस चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गर्नुभएको छ भने संवाद रोशन भट्टको पनि रहेको छ । करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ रहेको यस चलचित्रमा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको यस चलचित्रको आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार