नरेन्द्रराज प्रसाईको कृति ‘सीताराम दाइ’ लोकार्पण

काठमाडौं,
असोज १० ।

महासमालोचक प्राडा वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा एक समारोहबीच नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सीताराम दाइ’ नामक निबन्ध सङ्ग्रहको लोकार्पण गर्नुभएको छ ।

त्यस अवसरमा उहाँले सिद्धहस्त जीवनीकार, निबन्धकार तथा गीतकार नरेन्द्रराज प्रसाईबाट सीताराम प्रसाईमाथि केन्द्रित भएर लेखिएको प्रस्तुत ग्रन्थलाई जीवनीकृति नै भने पनि हुने बताउनुभयो ।

वानीरा फाउन्डेसनद्वारा शुक्रबार आयोजित उक्त अवसरमा प्राडा भरतकुमार भट्टराईले ‘सीताराम दाइ’ नामक लामो निबन्ध कृतिको बृहत् समीक्षा गर्नुभयो । ‘सीताराम दाइ’ नइ एकेडेमीको १९४ औँ कृति हो भने नरेन्द्रराज प्रसाईको ९५ औँ कृति हो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले नव कृतिबारे मन्तव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार