काठमाडौं,
असोज ९ ।
सारिका घिमिरे र योगशकाजी शाहको स्वरमा रहेको नयाँ गीत ‘सलल खोली’ सार्वजनिक भएको छ । सारिका घिमिरेकै शब्द रचना तथा सङ्गीत र मनोज परियारको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोमा सुरेश कोहली, मेघा पोखरेलसँगै गायक र गायिकालाई फिचरिङ गरिएको छ । प्रेम, भावना र प्राकृतिक सौन्दर्यलाई केन्द्रमा राखिएको गीतको भिडियोले गीतको भावलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ ।
बुद्ध थापाको छायांकन रहेको भिडियोमा मनोज कार्कीको दृश्य सम्पादन छ । भिडियो गायिका सारिका घिमिरेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सारिका र योगशकाजीको सहकार्यमा यसअघि सार्वजनिक भएका गीतहरूले पनि श्रोता-दर्शकको राम्रो साथ पाउँदै आएका छन् । यही कारण ‘सलल खोली’लाई पनि उनीहरूको साङ्गीतिक सहकार्यको निरन्तरताका रूपमा हेरिएको छ । सार्वजनिक भएसँगै गीत तथा भिडियोले श्रोता–दर्शकको प्रतिक्रिया पाउन थालेको छ ।






