काठमाडौं,
असोज ९ ।
गायक कमल खत्रीको नयाँ गीत ‘यो आँखामा’ सार्वजनिक भएको छ । गीतमा खत्रीको संगीत छ भने शब्द रचना शालु श्रेष्ठको रहेको छ । गीतमा खत्रीलाई गायिका शोभा अधिकारीले स्वरमा साथ दिनुभएको छ । विजेश्वर तन्डुकारको संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ राजेश तन्डुकारले गर्नुभएको छ ।
गीतको भिडियोमा करन सुनार र साहार बसेल फिचर्ड हुनुहुन्छ । किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दुवै कलाकारको अभिनय तथा नृत्य प्रस्तुत गरिएको छ । आकर्षक नृत्य र कोरियोग्राफीले भिडियोको दृश्यात्मक पक्षलाई थप प्रभावकारी बनाएको छ ।
भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गर्नुभएको छ भने प्रवेश खत्रीले छायांकन तथा सम्पादनमा उहाँलाई साथ दिनुभएको छ । गीत तथा भिडियो विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ ।






