काठमाडौं,
असोज ९ ।
रमेश पाठक र वेनिशा पौडेलको स्वरमा रहेको गीत ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक भएको छ । पाठककै शब्द रचना तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा रामकृष्ण थापाको सङ्गीत संयोजन र विनोद महतराको रेकर्डिङ रहेको छ । रमेशकै निर्देशन र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, एलिना गुरुङसँगै रमेश पराजुली, अनिश मगर र रमेश श्रेष्ठको अभिनय रहेको छ ।
रोशन विश्वकर्माले छायांकन गरेको भिडियोको दृश्य सम्पादन तथा कलर दिनशोन शाहले गर्नुभएको हो । भिडियो गायक पाठककै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
स्वरमा विविधता प्रस्तुत गर्दै आउनुभएका पाठकले पछिल्लो समय लोक, आधुनिक तथा पप विधाका गीतलाई निरन्तरता दिँदै आउनुभएको छ । फरक शैली र विषयवस्तुका गीतमार्फत श्रोता-दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाउँदै आउनुभएका पाठकले समसामयिक, चेतनामूलक, व्यावसायिक तथा मनोरञ्जनात्मक प्रकृतिका गीतसमेत प्रस्तुत गर्दै आउनुभएको छ ।






