तिहारमा ‘पाँच पाण्डव’

काठमाडौं,
असोज ९ ।

वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’ यस वर्षको तिहारको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । यो चलचित्र कार्तिक २० गते (नोभेम्बर ६) देखि देशभरका हलमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । नवीन श्रेष्ठको प्रस्तुतिमा तयार भएको फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी तथा सुशील सिटौलालाई राजसी तथा ऐतिहासिक परिवेशमा प्रस्तुत गरिएको छ । पोस्टरमा दुई घोडा, सिंहासन र परम्परागत पोसाक तथा आभूषणसहितका कलाकारहरू देखिन्छन् ।

कल्याणी श्रेष्ठले निर्माण गरेको यस चलचित्रको कथा तथा पटकथा सुशील श्रेष्ठको रहेको छ भने सह–निर्मातामा विशाल भण्डारी हुनुहुन्छ । चलचित्रमा श्याम तामाङको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार