सेमन्त वालाक्पा राईको मुक्तकसंग्रह ‘अँधेरीमा जून’ प्रकाशित

काठमाडौं । कवि तथा गीतकार सेमन्त वालाक्पा राईको मुक्तकसंग्रह ‘अँधेरीमा जून’ प्रकाशित भएको छ । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको संग्रहमा जीवनका विविध अनुभूति, सुख-दुःख, प्रेम, पीडा, सामाजिक यथार्थ तथा देश-विदेशका अनुभव समेटिएका २६४ मुक्तक छन् ।

संखुवासभाको खाँदबारी नगरपालिका-११, रातमाटेमा जन्मिनुभएका राई हाल बेलायतको मेडस्टोन, केन्टमा बसोबास गर्दै आउनुभएको छ । लामो समय बेलायती गोर्खा सेनामा सेवागरी अवकाश लिएपछि साहित्यिक सिर्जनामा सक्रिय राई गीत, गजल, कविता र मुक्तक लेखनमा संलग्न हुनुहुन्छ । उहाँका विभिन्न गीतसमेत रेकर्ड भइसकेका छन् ।

‘अँधेरीमा जून’मा गाउँघरको सम्झना, मातृभूमिप्रतिको प्रेम, परदेशको पीडा, सामाजिक विसङ्गति, जीवनका आरोह-अवरोह, प्रेम, विरह तथा मानवीय संवेदनाका विविध पक्षलाई मुक्तकमार्फत अभिव्यक्त गरिएको छ ।

प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य, संस्कृति र सिर्जनासँग निरन्तर जोडिँदै आउनुभएका राईले छोटो संरचनामा गहिरा भाव र जीवनका अनुभूतिलाई प्रस्तुत गर्ने प्रयास गरेको कृतिमा समेटिएका मन्तव्यमा उल्लेख छ ।

यसमा तपाइको मत

अन्य समाचार