आज हरितालिका तीज, हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं,
भदौ २९ ।

नेपाली हिन्दु नारीको महान् पर्व हरितालिका तीज आज सोमबार देशभर हर्षोल्लासका साथ मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा विवाहित महिलाले पतिको दीर्घायु तथा सुस्वास्थ्य र अविवाहित युवतीले सुयोग्य वर प्राप्तिको कामना गर्दै व्रत बस्ने परम्परा छ ।

तीजको मुख्य व्रतका लागि शक्ति सञ्चय गर्न महिलाले आइतबार मीठा तथा आडिला परिकार ‘दर’ खाएका थिए । दर खाएसँगै तीज पर्व औपचारिक रूपमा सुरु भएको हो ।

तीजका अवसरमा काठमाडौंको पशुपतिनाथलगायत देशभरका प्रमुख शिवालयमा बिहानैदेखि व्रतालु तथा भक्तजनको भीड लागेको छ । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि सुरक्षा, स्वास्थ्य शिविर, खानेपानी तथा लाइन व्यवस्थापन गरेको जनाएको छ ।

धार्मिक विश्वासअनुसार हिमालय पुत्री पार्वतीले भगवान् शिवलाई पति पाउन कठोर तपस्या गरेको स्मरणमा तीज मनाउने परम्परा छ ।

यसमा तपाइको मत

अन्य समाचार