तीजलाई समीक्षा र मानसको ‘यसपालीको तीज बरै मेलबर्नमा’ (भिडियोसहित)

काठमाडौं,
भदौ २० ।

समीक्षा अधिकारीको स्वरमा नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ सार्वजनिक भएको छ । कृष्णाष्टमीको अवसरमा सार्वजनिक गीतमा समीक्षा र मानस राजको स्वर, मानस राजको संगीत तथा डा. कृष्णहरि बरालको शब्द रहेको छ ।

मेलबर्नका रमणीय दृश्यमा छायांकन गरिएको गीतको भिडियो नेपअसले निर्माण गरेको हो । भिडियोमा पूजा क्षेत्री, सायद श्रेष्ठलगायत कलाकारको अभिनय छ । भिडियोको निर्देशन तथा नृत्य निर्देशन सायद श्रेष्ठले गर्नुभएको हो ।

जीवन रसाइलीको छायांकन तथा दिन्सन शाहको सम्पादन र रंग संयोजन रहेको भिडियोमा प्रदीप दाहाल निर्माता र अन्जन घिमिरे प्रस्तुतकर्ता हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार