प्रेम र विछोडको भावमा ‘मायालु’ (भिडियोसहित)

काठमाडौं,
भदौ २० ।

नेपाली म्युजिक भिडियो ‘मायालु’ सार्वजनिक भएको छ । युनिक प्रोडक्सनको प्रस्तुति रहेको भिडियोमा सुदीप चापागाईं, कञ्चन परियार र राहुल शाहले अभिनय गर्नुभएको छ ।

प्रेम र बिछोडका भावनालाई सिनेमाटिक शैलीमा प्रस्तुत गरिएको भिडियोको निर्देशन प्रयास बोहोराले गर्नुभएको छ । दीपु रिजालको छायांकन रहेको भिडियो काठमाडौंको थलीस्थित किसानको फार्ममा छायांकन गरिएको हो ।

गीतमा सुजन साम्पाङ र एलिजा प्रधानको स्वर, एलिजे नेवाको शब्द तथा संगीत, बिश्वोजित लामाको एरेन्ज र अविनाश चापागाईंको मिक्सिङ तथा मास्टरिङ रहेको छ । गीत धुन स्टुडियोमा रेकर्ड गरिएको हो ।

इन्टर मिडिया र मनोज शाहले पोस्ट-प्रोडक्सन गरेको ‘मायालु’ इन्टर मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । निर्माण पक्षले भिडियोले दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार