‘बाः एक योद्धा’को ‘नभन्नू कोईसित’मा केकी र करण (भिडियोसहित)

काठमाडौं,
साउन २३ ।

चलचित्र ‘बाः एक योद्धा’को लोकलयमा आधारित गीत ‘नभन्नू कोइसित’ सार्वजनिक भएको छ । समीक्षा अधिकारी र सागर आलेको स्वर रहेको गीतमा हरि लम्सालको शब्द तथा संगीत छ ।

नेपाली पञ्चेबाजाको धुनमा तयार पारिएको गीतले विवाह तथा उत्सवको माहोल झल्काउँछ । गीतको भिडियोमा केकी अधिकारी र करण साहको नृत्य देख्न सकिन्छ । यसअघि चलचित्रको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो चलचित्र भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ । नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभरका चुनौती चलचित्रको मुख्य विषय रहेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा लगायतका कलाकारको अभिनय छ । वसन्त लम्साल निर्माता रहेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार