‘लज्जावती’का विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं,
असार १३ ।

आगामी साउन २९ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘लज्जावती’ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण पक्षले शुक्रबार एकैसाथ पाँच पोस्टर सावएजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूको फरक-फरक लुक्स प्रस्तुत गरिएको छ । एक पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिनुभएको छ । अर्को पोस्टरमा मुकुन भुसालको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको दृश्य छ भने जानुका विश्वकर्मा र मेनुका माझी पनि देखिनुभएको छ ।

अर्को क्यारेक्टर पोस्टरमा श्रीकृष्ण निरौला र मेनुका माझीसँग मुकुन भुसाल गम्भीर भावमा देखिनुभएको छ । पोस्टरको पृष्ठभूमिले ग्रामीण र सहरी परिवेश दुवैलाई चित्रण गरेको देखिन्छ ।

सबै पोस्टरमार्फत निर्माण टिमले चलचित्रको प्रेम, परिवार, सम्बन्ध र सामाजिक कथावस्तुलाई झल्काउने प्रयास गरेको देखिन्छ । टिमका अनुसार चलचित्रले प्रेमसँगै समाजका विविध पक्षलाई समेट्ने प्रयास गरेको छ ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको चलचित्रका लेखक तथा निर्देशक राजबहादुर साने हुनुहुन्छ । चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

सौरभ वली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुनुहुन्छ भने दिनेश बुढाथोकी कार्यकारी निर्माता रहनुभएको छ । दिव्यराज सुवेदीले छायांकन गरेको चलचित्र कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ । तारा थापा ‘किम्भे’को सम्पादन रहेको चलचित्रमा देव महर्जनको द्वन्द्व निर्देशन छ ।

यसमा तपाइको मत

अन्य समाचार