नवौं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा विभिन्न ३० विधामा अवार्ड प्रदान, स्रष्टा सर्जकलाई सम्मान

काठमाडौं,
असार १ ।

पावर इन्टरनेसन मिडिया नेपाल (पिम नेपाल) को आयोजना एवं ईरा प्रोडक्सनको व्यवस्थापनमा आइतबार काठमाडौंमा आयोजित एक समारोहबीच नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ भव्य रूपमा सम्पन्न भएको छ । उक्त समारोहमा नेपाली चलचित्र तथा गीत-संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुराएका कलाकार, सर्जक तथा स्रष्टाहरूलाई अवार्ड, सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

नेपाली कलाकारिता तथा सामाजिक क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति एवं विशिष्ट चलचित्र निर्देशक तथा पिम नेपालका सल्लाहकार मोहन निरौलाको सभापतित्व र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

समारोहमा दिग्गज गायिका देविका बन्दना ‘रजत साधना सम्मान २०८२’ बाट सम्मानित गरिएको थियो । नेपाली गायन क्षेत्रमा लामो समयदेखि क्रियाशील बन्दनालाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा वरिष्ठ अभिनेत्रीत्रय बसुन्धरा भुसाल, भुवन चन्द, चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी., दिग्गज कलाकार मोहन निरौला लगायतले बन्दनालाई फूलमाला, खादा तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।

त्यसैगरी, वरिष्ठ गीतकार सुरेश घिमिरे ‘विशिष्ट गीतकार सम्मान २०८२’, शिखर जंगम श्रेष्ठ ‘संगीत पत्रकारिता पुरस्कार २०८२’, कृष्णदेव रुपाखेती ‘दिग्दर्शन साधना सम्मान २०८२’, महेशराज थापा ‘सामाजिक व्यक्तित्व सम्मान २०८२’, विनोद देवकोटा ‘पत्रकारिता सम्मान २०८२’, छायांकार सालिकराम दुलाल ‘कला सम्मान २०८२’, दीपा थापा ‘पिम नेपाल शिक्षा सम्मान २०८२’, सचिन भट्टराई ‘युवा कलाकारिता सम्मान २०८२’, रणजित कुमार झा ‘पिम नेपाल संगीतकर्मी सम्मान २०८२’ तथा सुनिता कुबँर ‘पिम नेपाल कला सम्मान २०८२’ बाट सम्मानित हुनुभएको थियो ।

माधवराज खरेल अध्यक्ष तथा कमला जोशी संयोजक रहेको कार्यक्रमको निर्देशन सनम कठायतले गर्नुभएको थियो । अवार्डको जुरी सदस्यमा सन्तोष श्रेष्ठ, जुगल डंगोल, विजयरत्न तुलाधर, साहस शाक्य, प्रकाश मिश्र, रमेश दाहाल र आशा भुसाल रहनुभएको थियो ।

विविध भाषाका गीत-संगीतलाई एउटै मञ्चमा सम्मान गर्ने उद्देश्यसहित आयोजना गरिएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ मा नेपाली भाषासँगै नेपालमा बोलिने भोजपुरीरमैथिली, नेपाल भाषा, तामाङ, थारु, डेउडा लगायत विभिन्न भाषा तथा भाकाका गीत र भिडियोहरूलाई विभिन्न ३० विधामा पपुलर, जुरी तथा इन्करेजमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

निम अवार्ड २०२६ का विजेताहरू

सर्वोत्कृष्ट राष्ट्रिय भाव- पुरण क्षेत्री : धर्तीको छानो

सर्वोत्कृष्ट गजल – डी.पी. खनाल : बेकार

सर्वोत्कृष्ट पप गायन – अनन्त अजय : अनन्त दर्पण

सर्वोत्कृष्ट गीतकार पुरुष (सुगम संगीत) – डा. रुद्रनाथ अधिकारी : आमा

सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) – गीता अधिकारी : माटोको सुगन्ध

सर्वोत्कृष्ट संगीतकार (सुगम संगीत) – शंकर थापा ‘स्माइल’ : बेहाल

सर्वोत्कृष्ट गायक (सुगम संगीत) – इन्द्र आरपी : गारो लाउन

सर्वोत्कृष्ट गायिका (सुगम संगीत) – बबिता मानन्धर : कलियुगकी राधा

सर्वोत्कृष्ट नवप्रतिभा गायन – विपना शाक्य : तिम्रो याद

सर्वोत्कृष्ट लोक दोहोरी शब्द – प्राजन बस्नेत : परदेश

सर्वोत्कृष्ट लोक दोहोरी लय – ऋषि खड्का : परदेशी हुन मन छैन

सर्वोत्कृष्ट लोक दोहोरी गायक – सञ्जय थापा मगर : गलबन्दी र पच्छेउरी

सर्वोत्कृष्ट लोक दोहोरी गायिका – देवी घर्ती : खोली सलल

सर्वोत्कृष्ट युगल गायन – शर्मिला वर्देवा/डेभिड शंकर : कश्मिर गाम्चा

सर्वोत्कृष्ट मौलिक/भाषाभाषी गीत – निर्मला घिसिङ : जानमाया (तामाङ)

सर्वोत्कृष्ट डायस्पोरा (सर्जक/स्रष्टा) संगीतकार – जीवन शर्मा : माटोको सुगन्ध

सर्वोत्कृष्ट डायस्पोरा (सर्जक/स्रष्टा) गीतकार – सक्रिय श्रेष्ठ : गारो लाउन

सर्वोत्कृष्ट डेउडा भाका गीत – महादेव भट्ट : मेरी पुट्क्यौली

सर्वोत्कृष्ट नेपाल भाषा गीतकार – मचाकाजी महर्जन : वनेनु रे

सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार – गुजय मालाकार : झिगु नगदे

सर्वोत्कृष्ट नेपाल भाषा गायन – राजकुमार मानन्धर : कागती पाउँसे च्वङ

सर्वोत्कृष्ट मैथिलीरभोजपुरी गीत – रहमान खान : कैले बद्नाम पगली

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन – राहुल शाह : ओ प्रियसी

सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार – रुपेश थापा : चाहिँदैन सम्पत्ति

सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (पुरुष) – आर्यन सिग्देल : बानी

सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (महिला) – सृष्टि खड्का : परदेश

सर्वोत्कृष्ट म्युजिक भिडियो नवमोडल (महिला) – उपाशना पाठक : नयन

सर्वोत्कृष्ट म्युजिक भिडियो नवमोडल (महिला) डेउडा – सन्जिवनी खनाल : पिरिमका खेल

सर्वोत्कृष्ट म्युजिक भिडियो नवमोडल (पुरुष) – आरभ उप्रेती : खेलौं खेलौं

सर्वोत्कृष्ट नेपाल भाषा भिडियो – रामकृष्ण खड्गी : ध्यवा

सर्वोत्कृष्ट मैथिली/भोजपुरी भिडियो – बद्री साह : गजब के रोग

सर्वोत्कृष्ट फेसन डिजाइनर – शम्भु पुरी : वारी बर पारी पिपलु

पपुलर तथा जुरी अवार्डतर्फ :-
सर्वोत्कृष्ट संगीतकार (सुगम संगीत) पपुलर – राजेन्द्र बजागाई : पुतली
सर्वोत्कृष्ट लोक दोहोरी गायिका (पपुलर) – सुष्मा शाही ठकुरी : दर्याम दर्याम
सर्वोत्कृष्ट गीतकार पुरुष (सुगम संगीत) जुरी – भोलानाथ पाठक : राधिका
सर्वोत्कृष्ट गायक (सुगम संगीत) जुरी – राम भण्डारी : सपना देखाई कोही
सर्वोत्कृष्ट गायिका (सुगम संगीत) जुरी – मनमाया पंगेनी : सप्तरंगी फूल
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन (जुरी) – पूजा ठकुरी : दूरदेखि आएँ प्रिय
सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (पुरुष) जुरी – प्रज्वलराज भट्ट : दिल आफ्नै थियो
सर्वोत्कृष्ट म्युजिक भिडियो नवमोडल (महिला) जुरी – सपना क्षेत्री : एकै पल पनि

इन्करेजमेन्ट अवार्डतर्फ :
सर्वोत्कृष्ट डेउडा भाका गीत गायन (इन्करेजमेन्ट) – प्रमोद डी.जी. : रुपस्या पातली सुवा
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक (इन्करेजमेन्ट) – आयुसा गौतम : चरित्र ।

यसमा तपाइको मत

अन्य समाचार