उत्तम केसीको नेतृत्वमा नेपाल चलचित्र कलाकार संघ

काठमाडौं,
जेठ ४ ।

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित हुनुभएको छ । संघको शनिबार संम्पन्न २१ औँ महाधिवसनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रतिद्वन्द्वी सबिन श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै केसी विजयी हुनुभएको हो । कुल ३५६ मत खसेको निर्वाचनमा केसीले २१६ मत प्राप्त गर्दा प्रतिस्पर्धी सबिन श्रेष्ठले १३२ मत पाउनुभयो ।

त्यस्तै, उपाध्यक्षमा शिवहरी बैरागी (१४६ मत) र पूजना प्रधान (१४४ मत), महासचिव पदमा सुनील कटवाल १९५ मतका साथ विजयी हुनुभएको छ । सचिव पदमा गोपाल ढकाल २१४ मतका साथ विजयी भएको कार्यसमितिमा कोषाध्यक्षमा तेजुला खतिवडा (१४९ मत) र सह–कोषाध्यक्षमा पवन केसी (१६१ मत) विजयी हुनुभयो ।

कार्यसमितिका १० सदस्यमा दमन रुपाखेती, इन्द्रबहादुर लामा ‘खम्बे’, चन्द्रकला राई ‘लब्ली संगम’, छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, जीवन थापा, सुलेमान ‘इकु’, रश्मि भट्ट , चन्द्रकला ‘मोनीका’ दाहाल र श्रीदेव भट्टराई निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमिति आगामी तीन बर्षका लागि चयन भएको हो ।

नवनिर्वाचित अध्यक्ष केसीले कलाकारको हक-हित, चलचित्रकर्मीको सामाजिक सुरक्षा तथा संघलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले संघलाई सबै कलाकारको साझा संस्था बनाउँदै नयाँ पुस्तासँग सहकार्य गर्ने बताउनुभएको छ ।

नयाँ कार्यसमितिको कार्यकाल आगामी तीन वर्ष रहनेछ । चलचित्र क्षेत्रका कलाकारहरूको पेशागत अधिकार, कल्याणकारी कार्यक्रम र संघको संस्थागत विकास अब नयाँ नेतृत्वको मुख्य परीक्षा हुने देखिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार