काठमाडौं,
वैशाख २१ ।
चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माण घोषणा गरिएको छ । सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्र राजधानीमा एक कार्यक्रम गर्दै निर्माणको घोषणा गरिएको हो । घनश्याम लामिछानेको निर्देशन रहने चलचित्र प्रेम कथामा आधारित हुने जनाइएको छ ।
नेपाली चलचित्र क्षेत्रमा प्रेमकथामा आधारित फिल्मको संख्या न्यून रहेका बेला धेरै दर्शकले रुचाउने निर्माण गर्न लागिएको निर्देशक लामिछानले बताउनुभयो । चलचित्रमा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नवगायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहने जनाइएको छ ।
आस्प इन्टरटेनमेन्ट अष्ट्रेलियाको निर्माण रहने चलचित्रको को-प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापामगर रहनुभएको छ । एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी हुनुहुन्छ भने लाइन प्रोडुसरमा तेजविक्रम केसी रहनुभएको छ । नरेन्द्र मैनालीको डीओपी रहने चलचित्र मनीष गौतमले लेख्नुभएको हो ।






