काठमाडौं,
वैशाख १९ ।
चलचित्र ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ । शुक्रबार काठमाडौंस्थित गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै निर्माण टिमले चलचित्रको औपचारिक सुरुवात गरेको हो । बरिष्ठ कलाकार उत्तम केसीको प्रमुख आतिथ्यतामा भइको शुभमुहूतमा मुहूर्त सटमा क्यामेरा दिनेश महरा, रोल शंकर महर्जन र एक्सन-कट मधुसूदन भट्टराईले गर्नुभएको थियो । क्ल्यापिङ लव प्याकुरेलले दिनुभएको थियो भने नरिवल दीपक दंगालले फुटाउनुभएको थियो ।
चलचित्रमा शुशिल सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, विरेन्द्र कुशवाह, सृजना अधिकारी, बालकलाकारका रूपमा रोनक खड्का, प्रीसा ढुंगाना लगायतको अभिनय रहने छ ।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचिका निर्देशक बिनय राज पौडेल हुनुहुन्छ । यो चलचित्रमार्फत उहाँले निर्देशनमा डेब्यु गर्न लाग्नुभएको हो । पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पार्नुभएको छ ।
चलचित्रमा गीत सुरेन्द्र रानाको र संगीत कर्णराज गिरीको रहनेछ । कोरियोग्राफी रामजी लामिछानेले गर्नुहुनेछ भने द्वन्द्व निर्देशन शंकर महर्जनले सम्हाल्नुहुनेछ । छायांकन दिपेन बस्न्यातले गर्नुहुनेछ । श्रृंगार मदन न्यौपाने, भेषभूषा प्रार्थना भट्टराई र सम्पादन गौतमराज खड्काको रहनेछ । निर्माण व्यवस्थापक सुमन काफ्ले, पोस्टर डिजाइन राकेश दाहालले गर्नुभएको छ ।
कार्यकारी निर्माता सुरज थापाकाजी तथा निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहनुभएको छ । चलचित्रको वितरण नेशनल सिने ग्रुप नेपाल प्रालिमार्फत दीपक दंगालले गर्ने जनाइएको छ । मुख्य सहायक निर्देशक दिवस बोहरा र सहायक निर्देशक मनोज बोहोरा रहनुभएको छ ।






