चलचित्र निर्माणमा अर्जुन पोखरेल, ‘बेहुली’को शुभमुहूर्त

काठमाडौं,
चैत १३ ।

संगीतकार अर्जुन पोखरेल चलचित्र निर्माताका रुपमा आउन लाग्नुभएको छ । बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा गर्दै उहाँको डेब्यु लगानी रहेको चलचित्र ‘बेहुली’ शुभमुहूर्त गरिएको हो ।

यस चलचित्रको मुहूर्तसँगै छायांकन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्माता पोखरेलका अनुसार यसै साताबाट छायांकन हुनेछ । यो चलचित्र आगामी वर्षको हरितालिका तीजको अवसर पार्दै भदौ १२ गतेबाट रिलिज हुनेछ ।

लामो समयदेखि नेपाली सुगम संगीत तथा चलचित्रका दर्जनौँ हिट गीत दिएर दर्शक तथा श्रोताको मन जित्दै आउनुभए सङ्गीतकार अर्जुन पोखरेल ‘बेहुली’मार्फत निर्माणमा होमनिुभएको हो । चलचित्रमा सङ्गीत निर्देशन उहाँकै रहने छ ।

प्रताप राणाको निर्माण रहेको यस चलचित्रको निर्देशन सशान कँडेलले गर्दैहुनुहुन्छ भने कथा माधव शर्माले लेख्नुभएको हो । निर्देशक कँडेल र लेखक शर्मा दुवै चलचित्र‘होस्टेल ३’ का निर्देशक तथा लेखक हुनुहुन्छ ।

यस चलचित्रमा ‘होस्टेल ३’ बाट डेब्यु गर्नुभएका पारस बम ठकुरी (कुलब्वाय) मुख्य भूमिकामा देखिनुहुनेछ । उहाँको जोडीको रुपमा अभिनेत्री दिव्या रायमाझी देखिनुहुनेछ । चलचित्रमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल, समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहनेछ ।

कार्यकारी निर्माता सुमन थिङ तामाङ र सहनिर्माताहरू दुर्गा खरेल र रमेश सिलवाल रहेको ‘बेहुली’मा शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा हुनुहुन्छ । नरेन्द्र मैनालीको छायाङ्कन रहने चलचित्रलाई विकास दाहालले सम्पादन गर्नुहुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार