काठमाडौं,
चैत ८ ।
वसन्त थापा र सुनितामी परियारको लोकलयको गीत सार्वजनिक भएको छ । ‘माया हिरिक्कै’ बोलको गीतको भिडियो सुनितामी परियार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको अडियोमा नवराज पन्तको शब्द छन् भने वसन्त थापाकै संगीत छ । एरेन्ज भने श्यामश्वेत रसाइलीले गर्नुभएको छ ।
गम्भिर विष्टले निर्देशन गरेको गीतको भिडियोमा पल शाहले अभिनय गर्नुभएको छ । पलसँगै गायिका सुनितामीको पनि अभिनय छ । पवन सुस्लिङको टिमले खिचेको भिडियो प्रवीन भट्टले सम्पादन गर्नुभएको हो । भिडियोको कोरियोग्राफर प्रशान्त मगर हुनुहुन्छ ।






