एनआरएनएमा सबै पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं,
चैत ४ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रोबिनप्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित हुनुभएको छ ।

उपाध्यक्ष पदमा रोशन थापा (जाम्बिया), बुद्धि सुवेदी (अमेरिका), चिन्तामणि सापकोटा (स्पेन), ददीवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमलमणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोकप्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोजकुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रविनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके), टंकप्रसाद गैरे (जापान), तिलक गैरे (पोर्तुगल), विश्वदीप तिगिला (यूके) सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) तथा युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध चयन हुनुभएको छ ।

महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) निर्विरोध हुँदा उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेशकुमार घिमिरे (यूके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया), स्वतन्त्रप्रताप शाह (अष्ट्रेलिया) निर्वाचित हुनुभएको छ ।

सचिवमा अभिमन्यु बस्नेत (क्यानडा), दीपेश खत्री (जर्मनी), मदनराज पौडेल (अष्ट्रेलिया), माधव दुलाल (क्यानडा), मोहम्मद मुक्तदामु (कतार), प्रसुना कडेल (यूके), शिवप्रसाद पौडेल (जापान), सुजन अधिकारी (अष्ट्रेलिया), सुजन केसी खत्री (कुवेत), सुपेन्द्र घिसिङ (जापान), यज्ञनारायण पौडेल (स्पेन) (यूके), भवानीप्रसाद तिमल्सिना (यूएई), रमेश भट्ट (कतार) सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।

महिला सचिवमा अमृता थापा (चीन), कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना (यूके), सह-कोषाध्यक्षमा अब्दुल बासिद (कतार) बिमल सुवेदी (कतार) तथा महिला सह-कोषाध्यक्षमा गंगा खतिवडा (दक्षिण कोरिया) निर्विरोध निर्वाचित हुनुभएको छ ।

महिला संयोजक- रश्मि थापा

युवा संयोजक- नविन निउरे

क्षेत्रीय संयोजकहरू-

अफ्रिका संयोजक- मनोज विक

अमेरिका संयोजक- भुवन खरेल

एसिया प्यासिफिक संयोजक- दिपक प्रसाद कडेल

युरोप संयोजक- रोबर्ट लिम्बु

मध्यपूर्व संयोजक- रमेश श्रेष्ठ

ओसेनिया (अस्ट्रेलिया) संयोजक- रमेश जोशी

क्षेत्रीय उप-संयोजक/सह-संयोजकहरू

अमेरिका उप-संयोजक- नेत्र पाण्डे, सम्राट थापा

एसिया प्यासिफिक सह-संयोजक- भबिन्द्र बस्नेत, छत्रबहादुर दाहाल, लाल सिंह खड्का

युरोप सह-संयोजक- तिलकराम भट्टराई

मध्यपूर्व सह-संयोजक- विकल झा, विकास शाही, विश्वनाथ श्रेष्ठ, करिम बक्स मिया

ओसेनिया उप-संयोजक- छवि प्रसाद सापकोटा, सिके भुसाल, हेमन्त काफ्ले

क्षेत्रीय महिला संयोजकहरू-एसिया प्यासिफिक महिला संयोजक- संगिता अधिकारी

युरोप महिला संयोजक- बाबा राजेश्वरी थापा

मध्यपूर्व महिला संयोजक- सरिता भण्डारी

क्षेत्रीय महिला सह-संयोजकहरू

युरोप महिला सह-संयोजक- राधा सिग्देल किरण

मध्यपूर्व महिला सह-संयोजक- मन्जु मल्ल उचाई

क्षेत्रीय युवा संयोजकहरू- एसिया प्यासिफिक युवा संयोजक- राम थापा ‘अनिल’

युरोप युवा संयोजक- शिव सागर बुढाथोकी

मध्यपूर्व युवा संयोजक- सुजन सापकोटा

क्षेत्रीय युवा उप-संयोजकहरू

युरोप युवा उप-संयोजक- अम्मान गौचन

मध्यपूर्व युवा उप-संयोजक- बासुदेव सापकोटा

दोस्रो पुस्ता संयोजक- दीपमाला ढकाल

प्रवक्ता- सोम सापकोटा

यसमा तपाइको मत

अन्य समाचार