२१ दिनमा ‘कार्की साइला’को ‘इन्डक्ल्याप’

काठमाडौं,
चैत ४ ।

चलचित्र ‘कार्की साइँला’का‘इन्डक्ल्याप’ गरिएको छ । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रको निर्धारित समयभन्दा अगावै २१ दिनमा सुटिङ सकिएको निर्माण टिमले जनाएको छ ।

निर्देशक बस्नेतका अनुसार धनकुटाबाट सुरु गरिएको छायांकन सुनसरीको चतहरा र बराहक्षेत्र आसपासका विभिन्न स्थानमा गरिएको हो । प्रारम्भमा एक महिनाको छायांकन तालिका तय गरिए पनि कलाकार तथा प्राविधिकहरूको अथक मिहिनेतका कारण निर्धारित समयभन्दा छिट्टै काम सम्पन्न गर्न सफल भएको उहाँले बताउनुभयो ।

चलचित्रमा जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटालगायत कलाकारहरूको अभिनय छ । अभिनेता जितु नेपालको जोडीका रूपमा प्रियना आचार्य देखिनुभएको छ । उहाँहरूबीच यो पहिलो सहकार्य हो । यसअघि प्रियना आचार्यले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरिसक्नुभएको छ ।

बालकुमार राई निर्माता रहेको यस चलचित्रमा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहनुभएको छ । रोजल थापा मुख्य सहायक निर्देशक रहनुभएको छ भने छायांकन डम्बर राईले गर्नुभएको छ । कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा द्वन्द्व०निर्देशन किरण दाहालको रहेको छ भने संगीत दिप्सन लिम्बुले दिनुभएको छ । प्रोडक्सन व्यवस्थापन सिबी भण्डारीले सम्हाल्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार