काठमाडौं,
फागुन २२ ।
देशभर शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन र मतगणना सुरु भएको छ । निर्वाचन आयोगले मतपेटिका संकलन भए लगत्तै निर्वाचन क्षेत्रहरूमा मतगणना थालएिको जनाएको छ ।
राजधानी उपत्यका र अन्य केही सहरी क्षेत्रमा मध्यरातिसम्म गणना शुरु भएको छ । अन्य अधिकांश निर्वाचन क्षेत्रमा भने मतगणना आज बिहान र दिउँसोबाट मात्र शुरु हुने देखिएको छ ।
मतपेटिका संकलन गर्ने, सर्वदलीय बैठक बसेर सहमति गर्नेलगायतका प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले धेरै क्षेत्रको मतगणना शुक्रवार बिहानदेखि मात्र थालदिै छ ।






