हलमा ‘प्रवासी जीवन’

काठमाडौं,
फागुन १५ ।

चलचित्र ‘प्रवासी जीवन’ प्रदर्शनमा आएको छ । हलमा अन्य नयाँ नेपाली चलचित्र नहुँदा यसले सोलो रिलिजको मौका पाएको हो । श्याम क्षेत्री र राम अधिकारीको निर्देशनमा बनेको यस चलचित्रमा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, श्याम क्षेत्री, एञ्जेला एक्स बस्नेत, गगन सुवेदीलगायत कलाकारको अभिनय छ ।

सामाजिक कथावस्तुमा आधारित चलचित्रको निर्माता रविन आचार्य हुनुहुन्छ । चलचित्रले भुटानी शरणार्थीहरू अमेरिका पुगेपछिको संघर्षलाई चित्रण गर्छ ।

चलचित्रले विदेशमा बसोबास गर्ने नेपाली समुदायको मानसिक अवस्था, पहिचानको खोजी र पारिवारिक सम्बन्धको भावनात्मक कुराहरूलाई समेटेको छ ।

यसमा तपाइको मत

अन्य समाचार