‘आ बाट आमा’को सिक्वेल घोषणा

काठमाडौं,
फागुन ११ ।

चलचित्र ‘आ बाट आमा’ को दोस्रो पार्ट बन्ने भएको छ । आइतबार निर्माणटिमले अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर ‘आ बाट आमा २’ को घोषणा गरेको हो ।

चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’माघ १६ गतेबाट प्रदर्शनरत छ । यस चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । घरेलु बक्सअफिसमा चलचित्रको व्यापार ११ करोड बढी छ । यस चलचित्रमा पलसहित विपिन थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारहरूको अभिनय छ ।

दोस्रो भागमा अभिनेता पल शाह स्वयं मुख्य भूमिकामा देखिनुहुनेछ । आर्य इन्टरटेन्मेन्टले दोस्रो भागको पोष्टरसमेत सार्वजनिक गरेको छ । जसमा अभिनेता पल शाहलाई मात्र प्रस्तुत गरिएको छ ।

अन्य कलाकारबारे निर्माण पक्षले खुलाएको छैन । फिल्मसँगै निर्माण पक्षले प्रदर्शन मितिसमेत घोषणा गरेको छ । यो चलचित्र २०८३ को सालको बडा दशैँमा सिनेमाघरमा आउनेछ ।

यसमा तपाइको मत

अन्य समाचार