बुक क्लब भक्तपुरद्वारा साहित्यकार सूर्यप्रसाद लाकोजूसँग अन्तरसंवाद

भक्तपुर
फागुन ३ ।

बुक क्लब भक्तपुरले साहित्यकार सूर्यप्रसाद लाकोजूसँग अन्तरसंवाद कार्यक्रम गरेको छ । कार्यक्रममा साहित्य, जीवन, इतिहास, संस्कार र सिर्जनालाई लिएर बहस भएको थियो । उद्घाटनमा विराट मानन्धरले कवि लाकोजूको प्रारम्भिक जीवन र साहित्यिक यात्राबारे प्रकाश पार्नुभएको थियो । कविले लेखनप्रतिको लगाव, साहित्यले दिने आत्मिक आनन्द र समाजमा सकारात्मक योगदानको महत्वबारे चर्चा गर्दै, आफ्नो लेखनमा ‘घाम’ प्रतीकको प्रयोग आशा र जीवनदर्शनको प्रतिनिधित्व हुने बताउनुभयो ।

कार्यक्रमका सञ्चालक हरिसुन्दर छुकांले राखेका प्रश्नमा लाकोजूले आफूलाई ‘अक्षरकर्मी’ मान्ने र लेखकले सत्य र साहसको पक्षमा उभिनु आवश्यक भएको बताउनुभयो । कार्यक्रममा विभिन्न विधाका उहाँका कृतिहरू पनि प्रस्तुत गरिएका थिए । सो अवसरमा बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले कविलाई मायाको चिनो प्रदान गर्दै भविष्यमा पनि अन्तरसंवाद कार्यक्रम निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार