‘शिवांश’ मा कैलाश खेरको ‘शिव ताण्डव’

काठमाडौं,
माघ १६ ।

आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश’ मा भारतीय गायक कैलाश खेरले ‘शिव ताण्डव’बोलको गीत गाउनुभएको छ । निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत चलचित्रमा रहेको जानकारी दिएको हो ।

गायक खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक विशेष भिडियो सन्देश जारी गर्दै आफ्नो नयाँ सांगीतिक परियोजना र भारत-नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गर्नुभएको छ । कैलाश चलचित्रलाई भारत र नेपालको मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गर्नुभएको छ ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहको यस चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय हुनुहुन्छ । यो उहाँको डेब्यु निर्देशकीय चलचित्र हो । निर्मातामा अञ्जान केसी हुनुहुन्छ ।

चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला लगायतका कलाकारको अभिनय छ ।

शरद महतोको डीओपी रहेको यस चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत छ । त्यस्तै, द्वन्द्व निर्देशन मिलन श्रेष्ठको र कोरियोग्राफीको काम विक्रम चौहानले गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार