पूर्वदेखि पश्चिमसम्म ‘बिगुल’को प्रचार

काठमाडौं,
माघ १४ ।

फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिगुल’को प्रचारप्रसार आक्रामक बन्दै गएको छ । चलचित्रको टिमले एक साताब्यापी पश्चिम नेपाल दर्शक साक्षात्कार कार्यक्रम मंगलबार सम्पन्न गरेको हो । पूर्वी नेपालका विभिन्न शहरमा दर्शकसँग प्रत्यक्ष अन्तर्क्रिया गरिसकेको ‘बिगुल’ टिमले यसपटक बुटवल, भैरहवा, दाङ, कोहलपुर, नेपालगञ्ज र पोखरामा दर्शक भेटघाट गरेको हो ।

निर्देशक रमेश कोइराला, कथाकार-निर्माता दिनेश कोइराला र अभिनेता नरेन खड्काको सहभागितामा सम्पन्न कार्यक्रममा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माण पक्षले जनाएको छ ।

निर्माता कोइरालाका अनुसार ‘बिगुल’ले उठाएको जनताको आवाजप्रति दर्शकको चासो उच्च देखिएको छ । अभिनेता नरेन खड्काले चलचित्रले सबै उमेर, वर्ग र समुदायका दर्शकलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । समसामयिक राजनीतिक परिस्थिति, आमनेपालीका हकअधिकार र भुइँमान्छेको कथा समेटिएको यस चलचित्रप्रति दर्शक उत्साहित देखिएको निर्देशक कोइरालाले बताउनुभयो ।

म्याग्नोलिया ग्रुपको व्यानरमा निर्माण भएको चलचित्रमा नरेन खड्का, बेनीशा हमाल, नीर शाह, सरोज खनाल, शिशिर वाङ्देल, मानश्री शर्मा, मीरा पण्डितलगायत कलाकारको अभिनय छ । राजधानीमा काफिया फिल्म्स् र मोफसलमा श्री ब्यांकेट्स इन्टरटेन्मेन्टले यो चलचित्र वितरण गर्दैछन् ।

यसमा तपाइको मत

अन्य समाचार