‘मायाको गाउँ’को ‘सबले भन्छन्’ (भिडियोसहित)

काठमाडौं,
माघ १३ ।

चलचित्र ‘मायाको गाउँ’ मा समाबेश ‘सबले भन्छन् जिन्दगी त…’बोलको गीत सार्वजनिक गरिएको छ । प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा त्रिविक्रम सिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, बिनयराज पौडेललगायत कलाकारको अभिनय छ । गीतको भिडियो सोमबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याएको हो ।

राजु गिरीले कोरियोग्राफी गरेको गीतमा प्रेम सम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ । प्रेमकथानक ‘मायाको गाउँ’ मा त्रिविक्रम सिंह राणा, शीतल केसी, नारायण पराजुली, ओसिन भट्टराई, सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमिल्सिना, रमेश अधिकारी, माधवा खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, रीतिका मगर, कृष्ण गदाललगायत कलाकारको अभिनय छ । कमला पराजुली निर्माता रहेको चलचित्रको निर्देशन कमला फिल्मस् टिमको छ ।

रामेश्वर हुमागाईंले खिचेको चलचित्रको सम्पादन श्याम रानाले गर्नुभएको हो । बिनोद बमको पब्लिसिटी डिजाइन तथा पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले कलर ग्रेडिंग गरेको चलचित्रको मुख्य सहायक निर्देशकमा सुचेन्द्र परियार हुनुहुन्छ । चलचित्र ०८३ सालको सुरुवातीमा दर्शकमाझ ल्याउने तयारी गरिएको निर्मात्री पराजुलीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार