काठमाडौं,
पुस २९ ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरुलाई बैठकमा उपस्थित हुन भनिएको छ ।
विशेष महाधिवेशन सुरु भएपछि कांग्रेसमा विवाद चुलिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशन सुरु भएको हो ।
विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको छ । बन्दसत्रबाट नेतृत्व चयन प्रक्रिया सुरु हुने बताइएको छ ।






