नरेन्द्रले ‘मातृभूमि’ बनाउने

काठमाडौं,
पुस २९ ।

करिब ११ वर्षपछि ‘मातृभूमि’ शीर्षकमा पुनः चलचित्र निर्माण हुने भएको छ । नाटयकर्मी तथा कलाकार नरेन्द्र सेन्दाङले यो चलचित्र निर्माण गर्न लाग्नुभएको हो । दिनेश लिङ्देनको कथा तथा निर्देशन रहने यस चलचित्रको छायांकन काठमाडौं र पाँचथरसँगै अमेरिकाको टेक्सास र न्युयोर्कमा हुने जनाइएको छ । चलचित्रको केही दिनमा मुहूर्त गरेर छायांकन सुरु गरिँदैछ ।

विदेशमा बस्ने नेपालीको कथाव्यथा र स्वदेशप्रतिको मायालाई मुख्य कथावस्तु बनाएर निर्माण हुन लागेको यस चलचित्रमा कलाकार सेन्दाङ स्वयंको मुख्य भूमिका रहनेछ । उहाँले करिब एक दशकपछि अभिनयमा पुनरागमन गर्न लाग्नुभएको हो । चलचित्रमा अन्य कलाकार र प्राविधिक तय हुन बाँकी रहेको जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा कविता राई रहनुभएको छ ।

मोरङको उर्लाबारीमा जन्मिनुभएको नरेन्द्र व्यावसाय गर्ने सिलसिलामा हङकङ हुँदै हाल अमेरिकाको टेक्सासमा बस्दै आउनुभएको छ । बाल्यकालदेखि नृत्य र साहित्यमा रुचि राख्ने उहाँले ‘तिम्रै म हो नि’, ‘भेडिगोठ’, ‘पायल’ र ‘फेक फ्रेण्ड’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले अभिनेता राजेश हमाललाई लिएर चलचित्र ‘बगर’ पनि बनाउनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार