नेपाल मुक्तक प्रतिष्ठानको नयाँ कार्यसमिति गठन

काठमाडौं,
पुस २४ ।

नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समितिको बाह्रौं साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । साधारणसभाबाट उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी तथा सदस्यहरूमा ई.विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।

यसैगरी संस्थाको सल्लाहकारमा वियोगी बुढाथोकीलाई मनोनयन गरिएको छ भने ज्ञानुवाकर पौडेल, तीर्थ श्रेष्ठ र प्राडा.लक्ष्मणप्रसाद गौतम सल्लाहकारका रूपमा यथावत् रहनुभएको छ । सभाले निशा केसीलाई अमेरिकाको मिशिगन राज्यमा च्याप्टर निर्माण गर्ने जिम्मेवारी पनि प्रदान गरेको छ ।

साधारणसभामा प्रतिष्ठानका महासचिव यादव भट्टराईद्वारा प्रस्तुत महासचिवको प्रतिवेदन र कोषाध्यक्ष निशा केसी द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

प्रतिष्ठानले आगामी २०८२ माघ १८ गते मुक्तक दिवस तथा प्रतिष्ठानको वार्षिकोत्सव समारोह आयोजना गर्ने जानकारी समेत दिएको छ । साहित्यिक विधा मुक्तकको प्रवद्र्धन, विस्तार र संस्थागत विकासका लागि नयाँ कार्यसमितिले थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार