यस्तो छ ‘मिरमिरे’को ट्रेलर

काठमाडौं,
पुस २३ ।

माघ १ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘मिरमिरे’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माणपक्षले मंगलबार सार्वजनिक गरेको ट्रेलरमा बुबा र छोरीबीचको भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाइएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित ट्रेलरमा आमा नभएकी छोरीको हेरचाह गर्ने बुबाको संघर्ष र उनीहरूबीचको गहिरो भावनात्मक कथा प्रस्तुत गरिएको छ ।

आमाले छोरीलाई छोडेर गएपछि छोरीले भोग्नुपरेको मातृत्व अभाव र त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक प्रभाव ट्रेलरको केन्द्रमा देखिन्छ । ट्रेलरमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु र शाइसा गौचनलगायत मुख्य कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

यार्सा फिल्मसको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेललगातका कलाकारको अभिनय छ ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् भने सहनिर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर हुनुहुन्छ । चलचित्रका कार्यकारी निर्माता वितरक रोहित कट्टेल रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार